गगन थापाले केन्द्रीय समिति बैठकबाटै गरे देउवालाई स्वागत


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा गत आइतबारदेखि केन्द्रीय समिति बैठक जारी छ ।

सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

देउवा साढे ५ महिनापछि स्वदेश आज फर्किएका छन् । देउवाको स्वागतका लागि इतर पक्षका नेतार्काकर्ताहरुको बाक्लो उपस्थिति थियो । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको थियो।

देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।

गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।