काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल, काठमाडौँले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । काममा ढिलासुस्ती तथा सम्झौता अनुसार काम नगर्ने चार कम्पनिलाई कालोसूचीमा राखेको हो ।
कार्यालयको साउन २८ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २९ गते सूचना प्रकाशित गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीमा राखिएका कम्पनीहरूले तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। पूर्वाधार विकास कार्यालय सिमकोट, हुम्लाको सिफारिसमा काली बहादुर शाही मुख्य व्यक्ति रहेको पूर्ण निर्माण सेवा, गोत्री ०४, बाजुरालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै नरैनापुर गाउँपालिका, बाँकेको सिफारिसमा ताहिर खाँ मुख्य व्यक्ति रहेको सैयद गाजी फत्ते निर्माण सेवा, जमुनाह गाउँ ०५, नरैनापुर, बाँकेलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय, रामपुर, चितवनको सिफारिसमा सुरेन्द्र बहादुर बम मुख्य व्यक्ति रहेको जीडीएस कन्स्ट्रक्सन, तिलागुफा ७, कालिकोटलाई एक वर्षका लागि कालोसूचीमा पारिएको छ।
यसैगरी महालेखापरीक्षकको कार्यालय, अनामनगर, काठमाडौँको सिफारिसमा विक्रम सिंह बुढाथोकी मुख्य व्यक्ति रहेको टिम एसिया नेपाल प्रा।लि।, काठमाडौँ(२२ लाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ।





प्रतिक्रिया