जनआस्थाका पत्रकार श्रेष्ठलाई महाराजगञ्जको हिरासत सारियाे


काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ ।

यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको हो ।

समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै प्रहरीमा उजुरी दिइएको थियो । सोही उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए ।

उनलाई बिहीबार अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Skip This