यी हुुन् सुदूरपश्चिममा एमालेबाट मन्त्री बन्नेहरु


कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्।

आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने तयारी गरिएको छ ।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।

एमाले संसदीय दलले प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालय र उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय भएको छ।

राज्यमन्त्रीका रूपमा जानकी ऐरलाई सिफारिस गर्ने निर्णय गरिएको छ।

Skip This