काठमाडौं । हिमाली जिल्ला हुम्लामा ७८८ काटुन चाइनिज मदिरा बरामद गरिएको छ ।
नाम्खा गाउँपालिकाको नावलथाङ भन्ने ठाउँबाट अवैध मात्रामा आएको चिनियाँ मदिरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झिनिगिन्टी नाम मदिरा ५९४ काटुन र बोर्ड भाईजर मदिरा १९४ काटुन नियन्त्रणमा लिएको हो ।
उक्त मदिरा झन्डै ५२ लाख मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर खड्काले बताए ।




प्रतिक्रिया