काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् । ‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने,‘दिस इज नट राइट, दिस इज नट गुड।’
उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने उनको भनाइ छ । ‘कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ मन्त्री गुरुङले भने ।
गत बुधबार प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीलाई नैतिकतासँग जोडेर रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी प्रमुख लगायतमाथी प्रश्न गरेका थिए ।




प्रतिक्रिया