१४ औँ कार्यसमिति पुनर्स्थापना नभई एकता असम्भव: एनपी साउद


काठमाडौँ । नेपाली काङ्ग्रेसभित्र चुलिँदै गएको साङ्गठनिक किचलो र आधिकारिकताको विवाद थप पेचिलो बन्दै गएको छ। इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता एनपी साउँदले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित नगरिएसम्म पार्टीभित्र वास्तविक एकता सम्भव नरहेको स्पष्ट पारेका छन्।

पार्टीको आन्तरिक विवाद अदालतको ढोकासम्म पुगिसकेको प्रसङ्ग उल्लेख गर्दै नेता साउदले वैधानिक अस्तित्वको निर्क्यौल नभएसम्म वार्ता र सहमति औपचारिकतामा सीमित हुने दाबी गरे।

विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै उनले बहुमत र प्रक्रियालाई मिचेर गरिने कुनै पनि निर्णयले काङ्ग्रेसलाई एकजुट बनाउन नसक्ने ठोकुवा गरे। अदालतमा विचाराधीन आधिकारिकताको मुद्दा र आन्तरिक गुटबन्दीका बिच काङ्ग्रेसभित्रको राजनीतिक सङ्क्रमण झन् जटिल मोडमा पुगेको विश्लेषकहरू बताउँछन्।

Skip This