१ लाख ७१ हजार नगदसहित ४ जना जुवाडे पक्राउ


काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भुबाट जुवा खेल्दै गरेका ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका २७ वर्षीय प्रदीप थापा मगर, काठमाडौँ–१६ वनस्थली बस्ने ३२ वर्षीय सुमेश प्रजापति, नुवाकोटको तार्केश्वर गाउँपालिका घर भएका भएका ४० वर्षीय कृष्ण बहादुर तामाङ र ललितपुर इमाडोल बस्दै आएका ३६ वर्षीय रिसब सुवाल छन् ।

जुवा खालबाट ६ बुक तास र १ लाख ७१ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए। जुवा खेल्नेहरूको साथबाट प्रहरीले १४ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

बिहीबार पक्राउ परेका आरोपीहरूमाथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए।

Skip This