अवैध लागूऔषध सहित तीन जना पक्राउ


सुनसरी, धरान उपमहानगरपालिका-८ आकाश चोकबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ७० ट्याब्लेट र स्पास्पेन ८ सय ६५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय मनोज पाण्डे समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

रूपन्देही, कञ्चन गाउँपालिका-२ गौरीडाँडा बस्ने ५३ वर्षीया मिना कुमारी मगरलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ४ सय ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय १० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Skip This