काठमाडौं । देशैभर केहीदिन यता खाने पकाउने ग्यासको अभाव भइरहेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले आज(सविबार) पाँच स्थानबाट ग्यास वितरण गरिरहेको छ ।
ग्यास लिनका लागि उपभोक्ता बिहाननै देखि तोकिएका स्थानमा लाइनमा बसेका छन् । घण्टौँ लाइनमा बसेर अहिले उपभोक्ताले ग्यास सिलिन्डर साटिरहेका छन् ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सकिने निगमले बताएको छ ।
जसअनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्राण्डको ग्यास बिक्री भइरहेकाे छ ।
त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्राण्डको ग्यास उपलब्ध गरेकाे छ ।
राजास्वामी किर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्राण्डको ग्यास पाइनेछ । भने बसुन्धराको राजास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम र भानुक ओम् ब्राण्डको ग्यास वितरण गरिनेछ ।
बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्राण्डको ग्यास बिक्री गरिने निगमले जनाएको छ ।




प्रतिक्रिया