काठमाडौं, साउन ३० । भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आज काठमाडौं आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका सेना प्रमुखहरूलाई एक(अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ। सोही परम्पराअनुसार यसअघि सन् २०२४ को डिसेम्बरमा प्रधानसेनापति अशोक सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन्।
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने जनरल सेठ नै पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुन्।




प्रतिक्रिया