आज कुन-कुन जिल्लामा छ आकस्मिक बाढीको जोखिम ?


काठमाडौं । आइतबार केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिंङ, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनँहु, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुंङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कन्चनपुर र आसपासका जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

ती जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This