बाघको आक्रमणबाट एक जना घाइते

File Photo

काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । राप्ती नगरपालिका १ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।

आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा बाघले अधिकारीलाई आक्रमण गरेको थियो। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११स्२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।

Skip This