राष्ट्रिय भेलामा देउवाकाे सम्बाेधन- म हिन्दु हुँ, हिन्दु..


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साडे पाँच महिनापछि गत बिहिबार(साउन २८) मा स्वदेश फर्किएका छन् । उनलाई कांग्रेस संस्थापनइतर समुहका शीर्ष नेतासहित कार्यकर्ताहरुले धुमधामका साथ एयरपोर्टमै स्वागत गरेका थिए ।

कांग्रेस इतर पक्षको आयोजनामा गत शुक्रबारदेखि काठमाडौँ सुकेधारास्थित एक होटलमा राष्ट्रिय भेला जारी छ । आज सम्पन्न हुने उक्त भेलालाई पूर्वसभापति शेर बहादुर देउवाले सम्बोधन गरेका छन् । उनले भेलालाई सम्बोधन गर्दै आफू हिन्दु भएको हुँदा अन्य धर्मको पनि रक्षा गर्ने बताएका छन् ।

‘म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कार अनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कार अनुसार भएको हो, मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ । म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु । म हिन्दु हुँ । बुद्धका प्रति माया छ । संसारले मानेको छ । वैज्ञानिक धर्म पनि भनेको छ,’ उनले भने ।

Skip This