कांग्रेस इतर समूहकाे राष्ट्रिय सम्मेलनको प्रस्ताव लेखनका लागि समिति गठन


काठमाडौँ। नेपाली कांग्रेसको इतर समूहको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्ताव र प्राप्त सुझावहरूलाई परिमार्जनसहित लिखित रूप दिन समिति गठन गरिएको छ।

गत साउन २० र २१ गते सम्पन्न सम्मेलनमा प्रस्तुत विभिन्न राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावहरूमाथि प्रतिनिधिहरूले दिएका सुझावहरूलाई समेटेर अन्तिम दस्ताबेज तयार पार्ने जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ।

साउदको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सिता राना सदस्य छन् । यस्तै, समितिको कार्यलाई सहयोग पुर्‍याउनका लागि केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइँकेललाई सहयोगीको रूपमा तोकिएको छ।

यो समितिले सम्मेलनका क्रममा आएका महत्त्वपूर्ण राय र भावनाहरूलाई समेट्दै पार्टीको आगामी कार्यदिशा र विशेष प्रस्तावहरूलाई परिमार्जन गरी अन्तिम प्रतिवेदन तयार पार्नेछ।

सो प्रतिवेदनलाई पार्टीको आधिकारिक दस्ताबेजका रूपमा सार्वजनिक गरिने घोषणा गरियो। दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी चुनावी रणनीतिका बारेमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको थियो।

Skip This