मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन्।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए।

मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको बताए। ‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ उनले भने।

Skip This