‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’


काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन्।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आइतबार उद्घाटन गर्दै उनले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए।

मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक विचार व्यक्त गर्दै तलबभत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताए। “मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,” उनले भने।

पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर समयानुकूल शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए। रासस

Skip This