काठमाडौं । कांग्रेसको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।
तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले धर्मबारे आफ्नो धारणा बाहिर ल्याएको हो। यसअघि नेपाल धार्मिक स्वतन्त्रता भनेर सिधा बोल्दै आएको कांग्रेसभित्र यो समूहले सम्मेलनमार्फत् केही व्याख्या गरेर सनतन धर्मको कुरा उठाएको छ।
‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ‘ देउवा समूहले पारित गरेको प्रस्तावमा छ।




प्रतिक्रिया