काठमाडौँ । यतिबेला काठमाडौ उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षाका बीच पनि सहकारी तथा लघुवित्त पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग अगाडि धर्नामा छन्।
तीनदेखि धर्ना बसेका उनीहरुसँग सरकारले वार्ताका लागि अझै औपचारिक पहल नगरेपछि वर्षामै भिजेर धर्नामा बस्न बाध्य भएका हुन् ।
लगातार वर्षामा भिजेर धर्नामा बस्दा केही पीडितको स्वास्थ्यसमेत बिग्रिन थालेको छ। बिरामी परेका केही पीडितलाई अस्पताल भर्ना गरिएको धर्नामा बसेका एक पीडितले बताए ।
आफ्ना मागहरु सरकारले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन्। यसैबीच वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला धर्नास्थलमा पुगेर पीडितहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।
उनले वर्षाको परवाह नगरी धर्नामा बसेका पीडितहरूको अवस्था र उनीहरूका मागबारे जानकारी लिँदै सरकारसँग वार्ताका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
धमलाले पीडितहरूको समस्या संवाद र वार्तामार्फत समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। उनले आन्दोलनरत पीडितहरूको माग सरकारसमक्ष पुर्याउँदै तत्काल वार्ताको वातावरण बनाउन पहल गर्ने बताएका छन्।




प्रतिक्रिया