मन्त्री लम्साललाई सेनाको स्काईट्रकमा काठमाडौं लगियो


धनगढी । सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौँ लगिएको छ । मन्त्री लम्साललाई आइतबार साँझ नेपाली सेनाको ‘सकाई ट्रक’ मार्फत धनगढीबाट काठमाडौँ लगिएको हो ।

नेपाल सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा बैतडी पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई उपचारका लागि आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।

धनगढी ल्याएपछि थप उपचारका लागि नेपाली सेनाको विमानमार्फत उनलाई काठमाडौँ लगिएको हो ।