काठमाडौं । बितेको ३ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुमा भएको छ । कपिलवस्तुको भगवानपुरमा ६२.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
” बितेको ३ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तु जिल्लाको भगवानपुरमा ६२.२ मिलिमिटर भएको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।
ती आसपासका क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।




प्रतिक्रिया