ललितपुर, ललितपुर महानगरपालिका-२७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम, गाँजा २ सय ४० ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ८२ ट्याब्लेट र डाइक्लोमाइन २० ट्याब्लेट सहित सोही महानगरपालिका-२७ सुनाकोटी डेरा गरी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपेश मगर भन्ने दिपेश मास्केलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, बसबरीया गाउँपालिका-१ मानपुर टोल बस्ने ७५ वर्षीय राम प्यारे रायलाई अवैध लागूऔषध गाँजा ७ सय ३९ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली पुलबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित काठमाडौं पेप्सीकोला बस्ने काभ्रे रोशी गाउँपालिका-७ थानसिङ घर भएका १९ वर्षीय राम लामा समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट ताथलीबाट खटिएको प्रहरीले बनेपाबाट च्याम्हासिंहतर्फ आउँदै गरेको बा.प्र.०२-०६१ प ९५६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-१ बिर्तासिटी अस्पताल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २४ वर्षीय दावा गुरूङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-२ मातृ भुमी पार्टी प्यालेस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय पंकज कार्की समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.९ प २८५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय समिर बुढा मगर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय प्रेम बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, पाख्रीबास नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय निरज भट्टराई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-२ थान टोल बस्ने ३५ वर्षीय रेवत कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ६० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रेवतको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१२ मुनाल चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट र फेनारगन १ सय १० एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्जुन देउला समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१४ बस्ने २० वर्षीय सुमित पटेल समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारत रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बि.म.न.पा. १ ह १०८७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५० ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-४ बस्ने २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका-५ बस्ने २२ वर्षीय सनप्राज शेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ टुडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित स्याङ्जा घर भएका २९ वर्षीय सुमन बस्याललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय २० ग्राम सहित हरिवन नगरपालिका-१ घुर्कौली बस्ने ३० वर्षीय सुशिल साह समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले म.प्र.०३००१ ह २४४५ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-११ टाँडी घर बताउने २९ वर्षीय ओमराज कटुवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १४२० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया