एमाले बागमती प्रदेश संसदीय दलको बैठक भदाै २ गते बस्ने


मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आगामी भदाै २ गते बस्ने भएको छ । आन्तरिक विवादमा फसेको एमालेको संसदीय दलको बैठक २ गते ११ बजेका लागि आह्वान गरेको हो ।

बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियामाथि परेको अविश्वास प्रस्ताव माथि छलफल गर्ने कार्यसूची रहेको छ।

एमाले संसदीय दलको नेताबाट जेएन थपलियालाई हटाउन गत बुधबार मात्र संसद् सचिवालय हेटौँडा र संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशनमा नेता थपलियालाई हटाउन १६ जना सांसदहरूको हस्ताक्षर सहित अविश्वास प्रस्ताव दर्ता भएको थियो।

पूर्वस्वास्थ्यमन्त्री किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव सहित परेको उक्त अविश्वास प्रस्ताव दर्ता भएको हो ।