रास्वपाले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।

जसअन्तर्गत भदाै ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विविध विषयमा विशेष छलफल हुने रास्वपाले जनाएकाे छ ।

विशेष छलफल भदौ ४ गते साँझ ५ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिनेछ।

पार्टीले नागरिकका चासो र सुझावलाई नीति निर्माणसँग जोड्ने तथा नेतृत्वसँग प्रत्यक्ष संवादको वातावरण बनाउने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।