भदौ १ देखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै


काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १) देखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार गर्ने भएकाे छ ।

निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ । 

“२०८३ भदौ १ गते सोमबारका दिनदेखि सम्बन्धित ग्याँस उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्याँसको बिक्री वितरणको व्यवस्था मिलाइएको छ । उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्नुहुन निगम अपिल गर्दछ,” निगमले सूचना जारी गर्दै भनेको छ । 

नजिकका विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका र तत्काल अति आवश्यक परेका उपभोक्ताहरूले निगममा सञ्चालनमा रहेको क्वीक रेस्पोन्स टिम  (क्यूआरटी) को मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न सक्नेछन्।