बजारमा ग्यासको अभाव, सरकार आज चिनी आपूर्तिका विषयमा छलफल गर्दै


काठमाडौं, भदौ १ । आज प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।

अहिले बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने बैठकमा बजारमा चिनीको सहज आपूर्तिका साथै विविध विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा उठेका विषयवस्तुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवले जवाफ दिनेछन् ।