काठमाडौं, भदौ २ । मकवानपुरको भीमफेदी ६ जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा ६ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौँडातर्फ गइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो दुर्घटनामा उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।
न्यायाधीश डाँगीसहित चार पुरुष र दुई जना महिला महिला सवार स्कारपिओ आज बिहान भिरमा खस्दा एकजना यात्रु गम्भीर घाइते भएका छन् । हाल घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार जारी रहेको जनाइएको छ ।




प्रतिक्रिया