सुन र चाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?


काठमाडौँ । नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । मङ्गलवार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार प्रति तोला २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ७ सय १५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । मङ्गलवार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको थियो ।