काठमाडौं । रास्वपाले संसदीय दलको विधान संशोधनको लागि कार्यदल बनाएको छ।
आज बसेको दलको बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको उपनेता गणेश पराजुलीले बताए।
उक्त कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिएको छ ।
सदनमा सांसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनको लागि आवश्यकता अनुसार संशोधन गर्ने गरी विधान संशोधन गर्न कार्यदल बनाएको पराजुलीले बताए।




प्रतिक्रिया