कोशी प्रदेश : सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय


विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार बनेको छ ।