काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समयतालिका टाँस्नुपर्ने प्रावधान छ ।
आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।




प्रतिक्रिया