काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालमा चार जना नयाँ सदस्य मनोनीत गरेको छ। मनोनीत हुनेमा नागरिक दैनिककी स्तम्भकार नम्रता शर्मा, फोटो पत्रकार प्रकाश माथेमा, पत्रकार रविराज बराल र उपशना घिमिरे रहेका छन्।
नयाँ सदस्यको मनोनीतसँगै काउन्सिलमा पत्रकारिता, फोटो पत्रकारिता तथा सञ्चार क्षेत्रका फरक अनुभव र पृष्ठभूमि समेटिने भएका छन्।

मनोनीत सदस्यलाई काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ गराएका छन् ।




प्रतिक्रिया