प्रतिनिधिसभा : बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह


काठमाडौँ, ३ भदौ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकका केही क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले तत्काल उद्धार र रातहमा ध्यान दिन आग्रह गरेका छन् । विश्वविद्यालय शिक्षालाई उत्कृष्ट बनाउनुपर्ने, तराईका कतिपय क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएकाले सहज बनाउनुपर्नेमा उनीहरूको जोड थियो ।

सांसदहरूले बालबालिकामा मोबाइल मोह बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर असर परिरहेकाले अभिभावकलाई लक्षित गरी डिजिटल सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने एवं नौसय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रक्रिया पूरा गरी निर्माण गर्न सरकारलाई सुझाव दिए ।

बैठकमा सांसदहरू नीमा अधिकारी आचार्य, विक्रम खनाल, विक्रम थापा, विपिनकुमार आचार्य, विष्णुबहादुर खड्का, विष्णुमाया विक, साजिदा खातुन सिद्धिकी, श्रीराम न्यौपाने, सन्तोष राजवंशी, सन्तोष सुब्बा, समीक्षा बास्कोटा, सरस्वती लामा, सागर भुसाल, सिर्जना श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरू सुनिताकुमारी चौधरी, सुनिल केसी, सुम्निामा उदास, सुरेशकुमार चौधरी, सुलभ खरेल, सुशान्त वैदिक, सुशीलकुमार तामाङ, सुशीला ढकाल आचार्यले सुस्मा स्वर्णाकार, सृष्टि भट्टराई, स्मृति सेन्चुरी, हरिप्रसाद भुसाल, ज्ञानु पौड्याल, सुशील खड्का, लालविक्रम थापालगायतले सरकारको ध्यानाकर्षण गराएका थिए ।