प्रधानमन्त्री शाहसँग उद्योगमन्त्री यादवको कार्यसम्पादन सम्झौता


काठमाडौं । चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिलाई लक्षित गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री यादवले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका छन् ।

सम्झौतामा मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा गरिने प्रमुख काम, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, उपभोक्ता हित संरक्षण, उद्योग तथा व्यापार क्षेत्रको विकास र आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

प्रधानमन्त्री शाहले सरकारका प्राथमिकता र लक्ष्यलाई परिणाममुखी बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । उद्योगमन्त्री यादवसँग भएको सम्झौताले मन्त्रालयको कामलाई थप जिम्मेवार, प्रभावकारी र उपलब्धिमुखी बनाउने अपेक्षा गरिएको छ।