काठमाडौँ । कलाकार सिताराम कट्टेल(धुर्मुस) एक भावुक स्टाटस लेख्दै अमेरिका फर्किएका छन् । आज(बिहिबार) फेसबुकमा स्टाटस लेख्दै उनले आफू अमेरिका फर्किएको जानकारी दिएका छन् ।
उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित १५ करोड बजेट फ्रिज पारिएको गुनासो गरे । ‘समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो,’ उनले लेखेका छन् ।
यो पटक न्याय मिल्ने आशामा फर्किएको भएतापनि त्यसो हुन नसकेको उनको भनाइ छ । ऋणको भारी बोकेर फेरि अमेरिका फर्किन बाध्य भएको उनले उल्लेख गरेकधा छन् । उनले mेखेका छन्,‘१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।’
उनले १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन भनेर कटाक्ष गरेका छन् ।
लेखेका छन्, मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आसा अझै बाँकी छ, कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ।’




प्रतिक्रिया