‘गरिबमारा सरकार मुर्दावाद’ भन्दै सुकुम्वासीको खबरदारी र्‍याली


काठमाडौं । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा खबरदारी र्‍याली आयोजना गरेको छ ।

संयुक्त रााष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिले बिहीबार माइतीघरबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालेको हो ।

सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’,‘‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्वासीको व्यवस्थापन के गरिस् ?’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सरकारले करिब चार महिना अगाडि उपत्यकाको विभिन्न नदि तथा खोला किनारबाट अतिक्रमित संरचना हटाउने क्रममा उनीरुलाई हटाइएको थियो । उनीहरुले सरकारसँग आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्थापन हुनुपर्ने माग राख्दै आएका छन् ।

त्यस्तै। आज शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका छन्।