न्याय परिषद् बैठक बस्दै


काठमाडौँ । आज न्याय परिषद् बैठक बस्दैछ । सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीश नियुक्ति लगायत अन्य विविध विषयमा निर्णय लिनका लागि बैठक बस्न लागेको हो ।

सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने निकाय परिषद्मा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतमका साथै महेशकुमार नेपाल (प्रधानमन्त्रीको सिफारिसमा नियुक्त) र दामोदर खड्का (नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त) सदस्य छन् ।

न्याय परिषद्को बैठक प्रधानन्यायाधीशले बोलाउने अभ्यास छ ।