हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
१०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।




प्रतिक्रिया