रास्वपालाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्छ: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् ।

बिहीवार काठमाडौमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षको लागी सरकार चलाउन जनताबाट म्याण्डेड लिएर आएकोले उसलाई काम गर्ने अवसर दिनुपर्ने बताए ।

पाँच वर्षपछि काँग्रेसले सरकार चलाउनेगरि आफूहरुले तयारी गरिरहेको उनले बताए ।