काठमाडौं, भदौ ५ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर र कैलालीसहितका जिल्लाको भ्रमणमा जाने भएकी छन्।
मन्त्री रावलले सामाजिक सञ्जालमार्फत (भोली) भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने जानकारी दिएकी हुन्। भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित जनगुनासो सुन्ने कार्यक्रम रहेको उनले बताएकी छन्।
यस्तै, सहकारी क्षेत्रका समस्या तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिएकी छन्। सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कार्यक्रम पनि भ्रमणका क्रममा राखिएको छ।
मन्त्री रावलले आफूले भ्रमणका क्रममा सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीबारे समेत जानकारी गराउने बताएकी छन्।




प्रतिक्रिया