काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।
पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टी केन्द्रिय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको केन्द्रिय सदस्य मनिष झाले जानकारी दिए ।
उनकाअनुसार बैठकले कोषाध्यक्षमा डा.मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ ।




प्रतिक्रिया