काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५२० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको हो।




प्रतिक्रिया