प्रधानमन्त्री बालेन बस्ने पोखराकाे रिसोर्टमा सुरक्षा व्यवस्था कडा


पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने भएका छन् ।

प्रधानमन्त्री बस्ने भिलेजमा अहिले सुरक्षा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली सुरक्षामा खटिएको स्रोतले बतायो।

उक्त भिलेज प्रधानमन्त्रीको लागि पोखराका एक पर्यटन व्यवसायीले रिसोर्ट बुकिङ गरेका हुन् । रिसोर्टको प्रधानमन्त्री बस्ने भएपछि अरु सबै बुकिङ रद्द गरिएको छ

रिसोर्टभन्दा ३ सय मिटर अगाडि नै सुरक्षा चेकका लागि प्रहरी तैनाथ गरिएको छ भने रिसोर्ट सञ्चालक र कर्मचारीलाई समेत परिचयपत्र हेरेर मात्रै प्रवेश दिइएको छ ।