काठमाडौं । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन शाहको निजी भ्रमण भएको बताएको छ।
आज प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमण भएको बताए। ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालले भने ।
प्रधानमन्त्रीको निजी भ्रमण भएकाले थप जानकारी लिनुपरे निजी सचिवालयबाट लिँदा उपयुक्त हुने उनको भनाइ छ।
प्रधानमन्त्री शाह आज बिहान पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन्।




प्रतिक्रिया