बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ७ गते विश्वासको मत लिने


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते संसदबाट विश्वासको मत लिने भएका हुन् ।

एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको लागि भदौ ३ गते दाबी पेस गरेका थिए । उनलाई शुक्रबार(भदौ ४ गते) प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नियुक्ति गरेका हुन् ।