लावालस्करसहित पोखरा पुगे प्रधानमन्त्री बालेन


कास्की । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन्।

उनी शुक्रबार बिहान निजी भ्रमणका लागि काठमाडौंबाट निस्किएका थिए । मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन आज दिउँसो स्थलमार्गमार्फत पोखरा आइपुगेका हुन्।

पोखरा पुगेका प्रधानमन्त्री शाह आज पोखरानजिकै रहेको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नेछन्।