काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा एक युवकको हत्या आरोपित प्रमित पटेल पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २ण् वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका हुन्।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।




प्रतिक्रिया