काठमाडौँ । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं ल्याएका छन् ।
उनीहरूलाई सरकारसँग छलफल गर्न केहीबेर अगाडि गृह मन्त्रालय पुर्याइएको हाे ।
गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको स्राेतले बतायाे । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।




प्रतिक्रिया