काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी अगामी ३५ वर्षको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्।
लामिछानेले भने, ‘अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि ।’
उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया