काठमाडौं । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेशप्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम रहेका छन् ।
जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबद्ध गर्न भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया